भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले देशबासीको नाममा सम्बोधन गर्दैछन्। मोदीले सोमबार (आज) राति ८ बजे देशबासीको नाममा सम्बोधन गर्ने भएका हुन्।
उनले पाकिस्तानसँगको तनाव साम्य भएपछि पहिलोपटक देशबासीको नाममा सम्बोधन गर्दैछन्। सम्बोधनमार्फत मोदीले 'अप्रेशन सिन्दूर', दुईदेशीय तनाव सीजफायरसहित पछिल्लो परिस्थितिबारे जानकारी गराउने बताइएको छ।
भारतले मे ६ मा मात्रै 'अपरेसन सिन्दूर' सञ्चालन गरेको थियो। त्यसअघि गत अप्रिल २२ मा पाकिस्तानी एक आतङ्कवादी समूहले जम्मू-कश्मीरमा हिन्दू धर्मविरोधी आक्रमण गरेको थियो।
प्रकाशित: २९ वैशाख २०८२ १८:३५ सोमबार

