१४ चैत्र २०८२ शनिबार
image/svg+xml
राजनीति

समतामूलक समाज निर्माण गर्न बुद्धका उपदेश प्रेरणादायी : माधव नेपाल

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले बुद्धका उपदेश र मार्गदर्शनलाई आत्मसात् गर्दै सामाजिक न्यायसहित समतामूलक समाज निर्माण गर्नुपर्ने बताएका छन्।

अध्यक्ष नेपालले २५ सय ६९औँ बुद्धजयन्तीको अवसरमा आज शुभकामना सन्देश जारी गर्दै आपसी सद्भाव, सहअस्तित्व, सहिष्णुता र पारस्परिक सम्मानको भावनाले शान्तिपूर्ण समाजको विकास हुने बताए। उनले शान्तिका दूत बुद्धको जन्म र बुद्धत्वको संयोग परेको आजको दिन विभिन्न धार्मिक, सामाजिक तथा सांस्कृतिक समुदायलाई एकताबद्व हुन थप प्रेरित गर्ने विश्वास व्यक्त गरे।

अध्यक्ष नेपालले प्राचीन सभ्यता र समृद्धिको इतिहासबाट राष्ट्रियतालाई थप सुदृढ एवं सबल बनाउन सकिने उल्लेख गरे। उनले किरात समुदायको उभौली पर्वका अवसरमा पनि देश विदेशमा रहेका सम्पूर्ण नेपालीलाई शुभकामना व्यक्त गर्दै विविधतामा एकता अभिवृद्धि गर्न सांस्कृतिक पर्वको प्रवद्र्धन गर्नुपर्नेमा जोड दिए।

प्रकाशित: २९ वैशाख २०८२ ११:५४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App