१७ फाल्गुन २०८२ आइतबार
image/svg+xml
राजनीति

सङ्घीय लोकतान्त्रिक मोर्चा घोषणा, २६ राजनीतिक प्रतिबद्धता

सात मधेसकेन्द्रित दलहरू सम्बद्ध सङ्घीय लोकतान्त्रिक मोर्चा घोषणा भएको छ।

बिहीबार (आज) काठमाडौंको थापागाउँ बैङ्क्वेटमा आयोजित एक पत्रकार सम्मेलनका क्रममा २६ वटा राजनीतिक प्रतिबद्धता राख्दै दलहरूले मोर्चा घोषणा गरेका हुन्।

सबैको स्वीकार्यता रहनेगरी संविधान संशोधन गर्ने, अर्थतन्त्र सुधारका लागि नीतिगत र संरचनात्मक कार्य गर्ने, लाल आयोगको प्रतिवेदन सार्वजनिक गराउनेलगायत मोर्चाको राजनीतिक प्रतिबद्धता छ।

यस्तै मोर्चाले १५ बुँदे आचारसंहिता तय गरेको छ। आचारसंहिताअनुरूप मोर्चामा आबद्ध दलहरूले सार्वजनिक रूपमा एकअर्काको आलोचना, घोचपेच नगरी अभिव्यक्ति दिनुपर्ने छ।

मोर्चामा जनमत पार्टी, जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय मुक्ति पार्टी, जनता प्रगतिशील पार्टी र तराई-मधेस लोकतान्त्रिक पार्टी छन्।

प्रकाशित: २१ चैत्र २०८१ १६:३५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App