१७ फाल्गुन २०८२ आइतबार
image/svg+xml
राजनीति

प्राज्ञिक मञ्चको काठमाडौंमा शान्ति पदयात्रा

नेपाल प्राज्ञिक मञ्चले बुधवार (आज) बिहान काठमाडौंमा पदयात्रा गरेको छ। 

यो पदयात्रा भद्रकालीबाट सुरु भई रत्नपार्क, जमल, नारायणहिटी चारनारायण मन्दिरसम्म पुगेको थियो। मञ्चले गत चैत्र १५ गते तीनकुनेमा भएको आन्दोलनमा ज्यान गुमाएकाहरूको आत्माको शान्तिको कामना गर्न र घाइते भएकाहरूको शीघ्र स्वास्थ्य लाभको आशा राख्दै यो पदयात्रा आयोजना गरेको हो। 

गत चैत्र १५ गते राजावादीहरूको प्रदर्शनमा सविन महर्जन र पत्रकार सुरेश रजकको मृत्यु भएको थियो। मञ्चले नेपालमा शान्ति र सुव्यवस्था कायम होस् भन्ने उद्देश्यले यो कार्यक्रम गरेको बताएको छ। पदयात्रामा संस्कृतिविद् डा. जगमान गुरुङसहितका व्यक्तिहरू सहभागी थिए।

प्रकाशित: २० चैत्र २०८१ १०:०१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App