२३ फाल्गुन २०८२ शनिबार
image/svg+xml
राजनीति

केन्द्रीय क्याम्पस कीर्तिपुरको स्ववियू चुनाव रोक्न अन्तरिम आदेश

उच्च अदालत पाटनले केन्द्रीय क्याम्पसमा कीर्तिपुरको स्ववियु चुनाव रोक्न आदेश दिएको छ ।

बुधबार अदालतका न्यायाधीश डालकुमार खड्काको इजलासले चुनाव रोक्न आदेश दिएका हुन् ।

नेविसंघका नेता विष्णु बडैलाको रिटमाथि प्रारम्भिक सुनुवाई गर्दै अदालतले चुनाव रोक्न आदेश दिएको छ।

अन्तरिम आदेश जारी हुनुपर्ने वा नपर्ने भन्ने विषयमा छलफलका लागि दुवै पक्षलाई बिहीबार बोलाइएको छ।

त्यतिञ्जेलका लागि चैत ३ गते प्रकाशन गरेको सूचना कार्यान्वयन नगरी यथास्थितिमा राख्न अदालते आदेश दिएको हो।

प्रकाशित: ६ चैत्र २०८१ १५:२९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App