६ चैत्र २०८१ बुधबार
image/svg+xml १६:५२ अपराह्न
राजनीति

आजका लागि सकियो एकीकृत समाजवादीको बैठक, भोलि पुन: बस्ने

नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटी बैठक आजका लागि सकिएको छ। ललितपुरको जावलाखेलस्थित प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा आज सुरू बैठकलाई अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालले सम्बोधन गरेका थिए।

आजको बैठकमा अध्यक्षको राजनीतिक प्रतिवेदन, पार्टी नियमावली, विनियम, निर्देशिका, आचारसंहिता, पार्टीको दशौं राष्ट्रिय महाधिवेशनको समीक्षा, आन्दोलनद्वारा पार्टी निर्माणसम्बन्धी आगामी कार्ययोजना, संसद्‌मा प्रस्तुत अध्यादेश र समसामयिक प्रस्तावहरू बैठकमा अजेन्डामा रूपमा प्रस्तुत गरिएको केन्द्रीय प्रचार विभागका उपप्रमुख दामोदर अर्यालले जानकारी दिए।

आजको बैठकमा कमानसिंह खड्का, महेश रेग्मी, कृष्ण नेपाली, नन्दलाल बञ्जाडे, शेरबहादुर केसी, महादेव भारती, चमिना भट्टराई, प्रेमलकुमार खनाल, भगवती नेपाल, शंकर पोखरेल र घनप्रसाद गौतमले आ-आफ्‌ना बोलेका थिए।

प्रकाशित: ९ फाल्गुन २०८१ १९:०० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App