२२ पुस २०८२ मंगलबार
image/svg+xml
राजनीति

एकीकृत समाजवादीको पोलिटब्यूरोले पारित गर्‍यो अध्यक्ष नेपालको प्रस्ताव

नेकपा (एकीकृत समाजवादी) को पोलिटब्यूरो बैठकले अध्यक्ष माधवकुमार नेपालको राजनीतिक प्रस्ताव पारित गरेको छ।

बुधबार (आज) बसेको पोलिटब्यूरो बैठकले बिहीबार (भोलि)बाट बस्ने पार्टीको केन्द्रीय कमिटी बैठकमा प्रस्तुत हुने प्रस्ताव पारित गरेको प्रवक्ता प्रकाश ज्वालाले बताए।

'बैठकले भोलि बिहानदेखि बस्ने केन्द्रीय कमिटी बैठकमा प्रस्तुत हुने अध्यक्षको राजनीतिक प्रस्ताव पारित गरेको छ। त्यस्तै आगामी कार्ययोजना, नियमावलीजस्ता दस्ताबेजहरू पनि बैठकको एजेन्डाका रूपमा पारित भएका छन्,' उनले भने।

यस्तै पार्टीको स्थायी कमिटी बैठकले गरेको अध्यादेशको विपक्षीमा उभिने निर्णय पनि अनुमोदन भएको ज्वालाले बताए।

उनका अनुसार विधानमा भएका कमजोरी पनि सुधार्ने निर्णय पोलिटब्यूरोले गरेको छ। 'केही प्राविधिक कमजोरी भएका रहेछन् विधानमा। त्यसलाई पनि सुधार्ने काम हुनेछ। यसबारे निर्णय भइसकेको छ,' उनले भने।

प्रकाशित: ७ फाल्गुन २०८१ २०:३८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App