१५ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
राजनीति

आफैँ काठमाडौं जिल्ला अदालतमा उपस्थित हुने रविको इच्छा

जिल्ला अदालत, कास्कीबाट ६५ लाख धरौटीमा रिहा भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले आफैँ जिल्ला अदालत, काठमाडौंमा उपस्थित हुने इच्छा व्यक्त गरेका छन्।

रास्वपा नेता दीपक बोहोराका अनुसार लामिछानेले यो इच्छा व्यक्त गरेका हुन्। 'रास्वपा सभापति रवि लामिछाने आजै छुट्दै, कास्कीमा छुटेलगत्तै काठमाडौं लैजान प्रहरीले पक्राउ गर्ने भनिएकोमा जिल्ला अदालत काठमाडौंमा आफैं उपस्थित हुन जाने,' उनले भनेका छन्।

प्रकाशित: २५ पुस २०८१ २०:२१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App