गढीमाई मेलाको अवसरमा मंसिर २३ गते आइतबार मधेस प्रदेशमा सार्वजनिक बिदा हुने भएको छ ।
बाराको महागढीमाई नगरपालिकामा लाग्ने मेलाका दिन मधेस सरकारले सार्वजनिक बिदा घोषणा गरेको हो । उक्त दिन गढीमाई मेलामा विशेष पूजा हुने गर्छ ।
मुख्यमन्त्री सतिशकुमार सिंहले मधेसको आस्थाको केन्द्र रहेको गढीमाई मेलामा लाखौँको सङ्ख्यामा श्रद्धालु भक्तजन उपस्थित हुने भएकाले बिदा दिइएको बताए । गढीमाई मेलामार्फत घरेलु पर्यटन विकासमा सहयोग पुग्ने विश्वास उनको छ।
प्रकाशित: १८ मंसिर २०८१ १८:०६ मंगलबार