७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
राजनीति

उपनिर्वाचनमा एमाले: एक्लै लड्ने, सत्ता साझेदारसँग स्वच्छ प्रतिस्पर्धा

नेकपा एमालेले मंसिर १६ गतेका लागि तय भएको उप निर्वाचनमा एक्लै प्रतिस्पर्धा गर्ने जनाएको छ । निर्वाचनको तयारी र उम्मेदवारीको विषयमा शनिवार बसेको बैठकले यस्तो धारणा बनाएको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए । 

गठबन्धनको विषयमा सोधिएको प्रश्नको जबाफ दिँदै उपमहासचिव ज्ञवालीले भने, ‘त्यो विषयमा अहिलेसम्म केही निर्णय लिएका छैनौँ, छलफल गर्दै जाँदा कुनै निष्कर्षमा पुगिएछ भने बेग्लै कुरा हो ।’ 

नभए पार्टीको स्थापित मान्यता अनुरूप नै निर्वाचन लड्ने उनले बताए । ‘हाम्रो आजसम्मको स्थापित मान्यताअनुसार एक्लै प्रतिस्पर्धा गर्छौँ । र, सत्ता साझेदार सहयात्री दलसँग पनि स्वस्थ प्रतिस्पर्धा हुन्छ भन्ने हाम्रो निष्कर्ष हो,’ उनले भने । 

प्रकाशित: २४ कार्तिक २०८१ १६:४४ शनिबार

#CPN (UML) #Election