नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले एकताको कुरा गरेर मात्रै नहुने बताएका छन्।
बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो कुरा बताएका हुन। उनले विगतमा एकताको कुरा गर्दा मदन भण्डारी र माओवादी जनयुद्ध र अरु जनआन्दोलनका कुराहरूको पनि धेरै चर्चा गरेको भए पनि पर्याप्त नभएको बताए।
अध्यक्ष दाहालले अब आफैँ बदलिने र कम्युनिस्ट बिचार धारमा हिँड्ने संकल्प गर्न आवश्यक रहेको धारणा राखे।उनले एकताको कुरा गरेर पनि धेरै हुने जस्तो आफूलाई नलागेको बताए।उनले मिल्न मन हुने जति मिल्न सकिने र नमिल्नेहरूले पनि कार्यगत एकता र विशेष विशेष मुद्दाहरूमा एकताबद्ध हुनुपर्ने बताए।
उनले सही विचारको आधारमा समाजवादी क्रान्तितिर पार्टीलाई लैजाने भन्ने संकल्प गर्नुपर्ने आजको आवश्यकता भएको बताए। अध्यक्ष दाहालले आफ्ना विगतका कमी कमजोरीलाई सच्याएर अघि बढ्न आग्रह गरे।
प्रकाशित: १४ कार्तिक २०८१ १६:३४ बुधबार