१७ फाल्गुन २०८२ आइतबार
image/svg+xml
राजनीति

राष्ट्रिय सभाका अध्यक्ष दाहालद्वारा दुई विधेयक प्रमाणिकरण

राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले दुई वटा विधेयक प्रमाणिकरण गरेका छन्।

राष्ट्रिय सभाबाट पारित भएका दुई विधेयकहरु सार्वजनिक सेवा प्रसारण विधेयक, २०७७ र नेपाल विश्वविद्यालय विधेयक, २०७९ अध्यक्ष दाहालले बुधवार प्रमाणित गरेका हुन्।

राष्ट्रिय सभाबाट सार्वजनिक सेवा प्रसारण विधेयक भदौं ३१ र नेपाल विश्वविद्यालय विधेयक भदौं ३० गते पारित भएको थियो।

दुवै विधेयक बुधवार नै प्रमाणिकरणका लागि राष्ट्रपति कार्यालय पठाइनेछ। राष्ट्रपतिले प्रमाणिकरण गरेपछि ऐन प्रारम्भ हुनेछ।

प्रकाशित: १६ आश्विन २०८१ १३:४५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App