१२ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

अमेरिकी उपविदेशमन्त्री नेपाल भ्रमणमा

अमेरिकी विदेश मन्त्रालयका उपविदेशमन्त्री रिचार्ड आर. वर्मा शुक्रबार नेपाल भ्रमणमा आउँदै छन्। उनले आज राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा अ‍ोली, परराष्ट्र मन्त्री आरजु राणा देउवालगायत विभिन्न उच्च स्तरीय अधिकारीलाई भेट्ने कार्यक्रम रहेको नेपालस्थित अमेरिकी दूतावास स्रोतले जनाएको छ।

एमालेका अध्यक्ष केपी शर्मा अ‍ोली प्रधानमन्त्रीमा नियुक्त भएपछि अमेरिकाबाट हुन लागेको सबैभन्दा उच्च स्तरीय भ्रमण हो।

यस्तै, अमेरिकास्थित विदेश मन्त्रालयका अनुसार नेपालमा उप विदेशमन्त्री वर्मासहितको प्रतिनिधि मण्डलले वरिष्ठ सरकारी अधिकारी, विकास परियोजनाका प्रतिनिधि तथा व्यापार व्यवसायीका प्रतिनिधिहरुलाई भेट्ने कार्यक्रम छ।

आर्थिक विकास, महिला सशक्तीकरण, ऊर्जालगायतका क्षेत्रमा भएको समझदारीलगायतको विषयमा छलफल हुने बताइएको छ।

नेपालको एक दिने भ्रमण सकाएर उनी शनिवार भारतका लागि प्रस्थान गर्ने बताइएको छ। उनी भारतमा अगस्त २२ गतेसम्म रहने अमेरिकी विदेश मन्त्रालयले जनाएको छ।

प्रकाशित: ३२ श्रावण २०८१ १०:४७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App