२५ आश्विन २०८१ शुक्रबार
image/svg+xml
राजनीति

गृहमन्त्रीलाई गगनको प्रश्न: सहकारी प्रकरणको प्रमाण कता पुग्यो ?

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले गृहमन्त्री रमेश लेखकलाई सहकारी प्रकरणको प्रमाण कता पुग्यो भन्दै प्रश्न उठाएका छन्।

मंगलबारको प्रतिनिधिसभा बैठकमा बोल्दै थापाले पार्टी प्रतिपक्षमा रहँदा रमेश लेखकले सहकारी प्रकरणमा रवि लामिछानेका विषयमा प्रमाण रहेको भनेको र अहिले सो प्रमाण कहाँ पुग्यो भन्दै प्रश्न उठाएका हुन्। 

उनले भने, 'मेरो पछाडि हुनुहुथ्र्यो माननीय रमेश लेखक। चैत १२ गते उहाँले यो कुरा भन्नु भएको थियो। पोखरा महानगरले सूर्यदशन सहकारीको बारेमा अध्ययन गर्‍यो। त्यो अध्ययनले नामै किटेर मान्य रवि लामिछानेले पुलेसो कर्जामा १ करोड रकम जम्मा गरेको देखियो। त्यो बेलामा माघ २२ गते  पीडितहरूले जाहेरी दिए। प्रहरीले जाहेरी लियो। त्यो बेला प्रहरीले पुरानो जाहेरी रहेकोले प्रहरीले पूरक जाहेरी भन्यो। पछि गृहमन्त्री भएपछि जाहेरी नै होइन् भन्यो। त्यस बेला मान्य रमेश लेखकले यो प्रमाण हो भन्नु भएको थियो। अहिले यतातिर हुनुहुन्छ। सरकार फेरिँदैमा कुरा फेरिँदैन। हामीले भुटानी शरणार्थी, सहकारी प्रकरण र गिरीबन्धु भुलेका छैनौँ।'

प्रकाशित: २९ श्रावण २०८१ १५:१५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App