२ माघ २०८१ बुधबार
image/svg+xml
राजनीति

हिजो राजाका कारण प्रगति भएन भन्नेहरू आज ब्रम्हलुटमा मस्त छन्: कमल थापा

राष्ट्रिय प्रजातन्त्र पार्टी, (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले हिजो राजाको कारण देश विकास भएन भन्नेहरू नै आज ब्रम्हलुटमा मस्त भएको बताएका छन्।

पार्टीको ललितपुर जिल्ला समितिद्वारा शनिबर कुमारिपाटिमा आयोजित प्रशिक्षण कार्यक्रममा बोल्दै थापाले राजसंस्थालाई शोषक सामन्ती संस्था भनेर आरोप लगाउनेहरू आज सर्बसत्ताबादी भएर प्रकट भएको आरोप लगाए।

उनले रोग, भोक,अशिक्षा, गरिबी र पछौटेपनको कारण राजसंस्था, एकात्मक शासन प्रणाली र हिन्दु धर्म भन्नेहरूले अब जवाफ दिनुपर्ने समय आएको समेत बताए।

"विदेशीहरूले राजनीतिक दलहरुलाई खेलाई राखेका छन्। दबाब र प्रभाव बढाउँदै लगेका छन्। राष्ट्रियता सङ्कटमा परेको छ। देशको अस्तित्व रक्षाको लागि हामीले राजा सहितको प्रजातन्त्रको एजेन्डा उठाएका हौँ।" उनले भने।

राप्रपा नेपाल परिवर्तनको विरोधी शक्ति नभएको, परिवर्तन पक्षधर नै भएको तर निरन्तरता सहितको परिवर्तन जरुरी भएको थापाले बताए।

उनले भने "कुनै पनि देशले आफ्नो धर्म ,संस्कृति, मूल्य मान्यताको रक्षा बिना प्रगति गर्दैन। विदेशी शक्तिले बोकाइदिएको भारी बोकेर देशको स्वाधीनताको रक्षा हुँदैन।"

प्रकाशित: १९ श्रावण २०८१ १५:५१ शनिबार