९ मंसिर २०८१ आइतबार
image/svg+xml
राजनीति

सूचना लुकाउनु अपराध हो: सभामुख मण्डल

मधेस प्रदेश सभाका सभामुख रामचन्द्र मण्डलले सूचना लुकाउनु अपराध रहेको बताएका छन् ।

राष्ट्रिय सूचना आयोगले आयोजना गरेको सुशासनका लागि सूचनाको हक विषयक दुई दिवसीय मधेस प्रदेश स्तरीय गोष्ठीमा बोल्दै सभामुख मण्डलले यस्तो कुरा बताएका हुन। उनले सूचना पाउनु सबै नेपाली नागरिकको अधिकार रहेकाले सूचना लुकाउने काम नेपाली नागरिकको अधिकार हनन हुने बताए। व्यक्तिगत स्वार्थ हाबी हुँदा सूचना लुकाउने परिपाटी बढ्दै गइरहेको बताए । उनले सूचना लुकाइने ठाउँमा भ्रष्टाचारले प्रश्रय पाउने बताए ।  प्रत्येक नेपालीलाई सूचनाको हक प्रयोग गर्नतर्फ अग्रसर हुन आग्रह गरे । सभामुख मण्डलले सूचनाको लुकाउने विरुद्ध आवाज उठाउन समेत आग्रह गरे । 

गोष्ठीको उद्घाटन सत्रमा राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त महेन्द्रमान गुरुङले सूचनाको हक नेपाली नागरिकलाई प्राप्त सबैभन्दा बलियो अधिकार रहेको बताए।  सूचनाको हक प्रदान गरेर संविधानले नागरिकलाई शक्तिशाली बनाएको उनको भनाई थियो । देशका सबै सार्वजनिक निकायले पारदर्शिता, जबाफदेहिता, इमान्दार हुँदै भ्रष्टाचार नियन्त्रण गर्ने र सूचना व्यवस्थित रुपमा सार्वजनिक गर्दै जानुपर्ने बताए। 

एक अर्को प्रसङ्गमा प्रमुख सूचना आयुक्त गुरुङले सबैभन्दा बढी सूचनाको हक सम्बन्धी पुनरावेदन मधेस प्रदेशबाटै हुने गरेकोमा खुसी व्यक्त गरे । यद्यपि देशभरमा सूचनाको हक प्रयोग गर्न नेपालीहरू जागरूक नरहेको भन्दै सूचना हक बढीभन्दा बढी सङ्ख्यामा गर्न आग्रह गरे । 

प्रकाशित: १८ श्रावण २०८१ १७:५७ शुक्रबार

#crime #Madhes Province #Ramachandra Mandal #information