२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
राजनीति

सुदूरपश्चिम प्रदेशकी कृषिमन्त्री थापा बर्खास्त

सुदूरपश्चिम प्रदेशकी भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री टीका थापा बर्खास्त भएकी छन्। उनलाई मुख्यमन्त्री दीर्घबहादुर सोडारीले पदबाट हटाएका हुन्।

प्रदेश सभाको बैठकमा सहभागी नहुन दिएको निर्देशन अवज्ञा गरेको भन्दै मुख्यमन्त्री सोडारीले थापालाई हटाएका हुन्।

थापा प्रदेश प्रमुखले आह्वान गरेको प्रदेश सभाको विशेष अधिवेशनको बैठकमा सहभागी भएकी थिइन्। 

गत साउन ८ गते बसेको प्रदेश सभामा सहभागी भएकी उनलाई मुख्यमन्त्री सोडारीले अर्को बैठकमा सहभागी नहुन चेतावनी दिएका थिए। निर्देशन विपरित उनी आइतबारको बैठकमा पनि सहभागी भएपछि हटाइएकी हुन्।

प्रकाशित: १३ श्रावण २०८१ १८:५४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App