४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
राजनीति

परराष्ट्रमन्त्री राणालाई भारतीय समकक्षीको बधाई

नवनियुक्त परराष्ट्रमन्त्री आरजु राणा देउवालाई भारतका विदेशमन्त्री एस जयशंकरले बधाई दिएका छन्।

सामाजिक सञ्जालमा पोष्ट गर्दै भारतीय समकक्षी जयशंकरले परराष्ट्रमन्त्री राणालाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका हुन्।

राणासँग बहुआयामिक साझेदारीका विषय थप बढाउन मिलेर काम गर्न उत्सुक रहेको विदेशमन्त्री जयशंकरको भनाइ थियो।

नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सोमबार गठन भएको मन्त्रिपरिषदमा राणा परराष्ट्र मन्त्री बनेकी हुन्। उनी पहिलो पटक क्याबिनेट छिरेकी हुन्।

प्रकाशित: ३१ असार २०८१ १८:०९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App