२० आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

सभामुखसँग रास्वपाले भन्यो: गृहमन्त्रीले संसद्मा बोल्न पाउनुपर्छ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले प्रतिनिधि सभामा बोल्न पाउनुपर्ने बताएको छ।

मंगलबार सभामुख देवराज घिमिरेले बोलाएको छलफलमा सहभागी रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले गृहमन्त्रीले संसद्मा बोल्न पाउनुपर्ने बताएका हुन्।

उनले यसअघिको बैठकमा गृहमन्त्रीलाई बोल्न समय दिएको तर बोल्न नपाएको बताउँदै आजको बैठकमा बोल्न पाउनुपर्ने बताएका छन्।

उनले भने, 'गृहमन्त्रीलाई गएको बैठकमा सभामुखले बोल्न समय दिनुभएको थियो। बोल्न पाउनुभएको छैन। आजको बैठकमा त्यसको निरन्तरतास्वरुप बोल्न दिनुपर्छ। गृहमन्त्रीले बोल्न पाउनुपर्छ।' 

प्रकाशित: १ जेष्ठ २०८१ १३:२५ मंगलबार

#RSP #Santosh Pariyar