९ मंसिर २०८१ आइतबार
image/svg+xml
राजनीति

कम्युनिष्टहरुले नेपालको संस्कृति, सभ्यता र पहिचान मेटेः नेता महतो

पूर्वमन्त्री राजेन्द्र महतोले कम्युनिष्टहरुले नेपालको संस्कृति, सभ्यता र पहिचान मेटेको आरोप लगाएका छन्।

सोमवार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो आरोप लगाएका हुन्। उनले कम्युनिष्टहरुले नेपालको सभ्यता, संस्कृति, पहिचान र अस्तित्व मेट्ने काम गरेको बताए। उनले नेपालको अस्तित्व मेटाउने कम्युनिष्टहरु आफैँ मेटिने दाबी गरे। 

उनले नेपालीहरुको सभ्यता, संस्कृति र धर्ममाथि बारम्बार प्रहार भइरहेको बताए। क्यापिटालिजम कम्युनिज्म दुनियाँमा असफल भइरहेको भन्दै अब नेपाली जनतालाई खोक्रो राष्ट्रवादको नाममा ठग्ने दिन गएको उनले बताए।

उनले भने, ‘कम्युनिष्टहरुले नेपालको सबै सभ्यता, संस्कृति मेटाइदिने, पहिचान मेटाउने काम गरे। धर्म मेटाइदिने काम गरे। सबै मेटाउँदा मेटाउँदै नेपालको अस्तित्व मेटाइदिने। सबै मेटाउनुको अर्थ नेपालको अस्तित्व मेटाउनु हो। नेपालको अस्तित्व मेटाउने कम्युनिष्टहरु आफैँ मेटिन्छन्। हाम्रा सभ्यता, संस्कृति र धर्ममाथि, हाम्रो पहिचानमाथि पटक पटक जुन आक्रमण प्रचण्डदेखि केपी ओलीसम्मले गरेका छन्। यिनीहरुको पतन हुन्छ। क्यापिटालिजम कम्युनिज्म दुनियाँमा असफल भइसक्यो। नेपाली जनतालाई अब ठग्ने दिन गए।’

प्रकाशित: २६ चैत्र २०८० १३:३७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App