विराटनगर – बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले विभिन्न ५ वटा निर्णय गरेको छ । बिहीबार दिउ“सो बसेको बैठकले जनतासँग प्रहरी अभियान सञ्चालन गर्ने, जनतास“ग मुख्यमन्त्री पाक्षिक टेलिफोन संवाद सुरु गर्ने, कानुन मस्यौदा समिति, भौतिक विकास समिति र सुशासन तथा सदाचार समिति गठन गर्ने निर्णय गरेको मुख्यमन्त्री शेरधन राईले जानकारी दिए।
मुख्यमन्त्रीको कार्यालयमा गरिएको पत्रकार सम्मेलनमा नागरिकको सुरक्षा र सम्मानलाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने उद्देश्यले जनतास“ग प्रहरी अभियान सञ्चालन गर्ने निर्णय गरिएको राईले बताए । उनले नागरिकको सुरक्षा सरकारको पहिलो दायित्व भएकाले जनताको सुरक्षाका सवालमा सरकार गम्भीर रहेको स्पष्ट पारे । राईले भने, ‘सुरक्षित र भयरहित जीवनयापनको वातावरण बनाउन अभियान थाल्न लागिएको हो ।’ सुरक्षा निकायलाई जनतासँग प्रत्यक्ष जोडेर आपराधिक गतिविधि न्यूनीकरण र नियन्त्रण गर्न अभियानले सहयोग पुग्नेछ । अभियान प्रभावकारी बनाउन प्रदेशभरका सबै घरमा स्टिकर टा“स्ने जसमा नजिकको प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयको फोन नम्बर हुनेछ । प्रदेशका कुनै पनि ठाउँमा आपराधिक गतिविधि हुने सम्भावना भए वा घटना भए प्रहरीलाई तत्कालै खबर पुग्ने राईले बताए । सहरी क्षेत्रमा भए घटना वा दुर्घटनाको सूचना पाएको आधा घन्टाभित्र प्रहरी घटनास्थलमा पुग्नुपर्ने व्यवस्था गरिनेछ । यस्तै गाउ“मा भए १ घन्टाभित्र प्रहरी पुग्ने व्यवस्था गरिने राईले बताए । एक महिनाभित्रै प्रदेशका सबै घरमा प्रहरीको टोली पुगेर घरको बिबरण लिइसक्ने र स्टिकर टा“स्ने काम पनि तत्कालै सञ्चालन गर्ने राईले बताए ।
यस्तै जनताका चासो र सरोकारका विषय प्रत्यक्ष सरकारस“ग आइपुगोस् भन्ने उद्देश्यले ‘जनतास“ग मुख्यमन्त्री’ कार्यक्रम पाक्षिक रूपमा सञ्चालन गरिने उनले बताए । प्रदेश सरकारले हाल शून्यबाट काम थाल्नुपरेका कारण प्रदेशका लागि आवश्यक कानुनको मस्यौदा तयार पार्नुपर्नेलगायतका काम पनि तत्कालै गर्नुपर्ने भएकाले विभिन्न तीन वटा समिति गठन गरिएको मुख्यमन्त्री राईले जानकारी दिए । यसमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिवको संयोजकत्वमा ४ सदस्यीय कानुन मस्यौदा समिति, भौतिक निर्माण मन्त्रालयको सचिवको संयोजकत्वमा ४ सदस्यीय भौतिक विकास समिति र मुख्यमन्त्रीको कार्यालयको सचिवको संयोजकत्वमा ४ सदस्यीय सुशासन तथा सदाचार समिति निर्माण गरिएको छ।
मन्त्रिपरिषद्ले छिट्टै पूर्णता पाउने पनि राईले बताए । प्रदेशको स्थायी राजधानीका विषयमा सञ्चारकर्मीको जिज्ञासामा उनले अहिले नै छलफल गर्ने बेला भइनसकेको जबाफ दिए । राईले भने, ‘प्रदेशको राजधानीका विषयमा अहिले नै छलफल गर्ने बेला भइसकेको छैन ।’
प्रकाशित: ११ फाल्गुन २०७४ ०२:४० शुक्रबार