१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
राजनीति

माओवादी केन्द्रको विधान सम्मेलन फागुनको पहिलो साता

नेकपा (माओवादी केन्द्र) ले आगामी फागुनको पहिलो साता विधान सम्मेलन आयोजना गर्ने निर्णय गरेको छ। पार्टी मुख्यालय पेरिसडाँडामा आज बसेको स्थायी समिति बैठकले फागुन १ देखि ३ गतेसम्म सम्मेलन आयोजना गर्ने निर्णय गरेको सो पार्टीका उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए।

बैठकले विधान सम्मेलनको प्रतिनिधि छनोटको आधारसमेत तय गरेको उपाध्यक्ष सापकोटाले जानकारी दिए। बैठकमा विभिन्न पार्टीसँग एकताका विषयमा पनि छलफल भएको थियो। बैठकले पार्टी एकताका लागि पार्टी अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा एकता संयोजन समिति बनाएको छ।

बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष दाहालले मुलुकको समग्र परिस्थितिका बारेमा ‘ब्रिफिङ’ गरेको प्रवक्ता सापकोटाले जानकारी दिए। स्थायी समितिमा दशवटै प्रदेश इन्चार्जले हालै सम्पन्न अभियानका बारेमा संक्षिप्त प्रस्तुत दिएका थिए। माओवादीले पार्टी रुपान्तरणका लागि गत भदौदेखि चारमहिने अभियान सञ्चालन गरेको थियो।  –रासस

प्रकाशित: २८ पुस २०८० १२:४६ शनिबार

अग्निप्रसाद सापकोटा विधान सम्मेलन नेकपा (माओवादी केन्द्र) फागुनको पहिलो साता पार्टीका उपाध्यक्ष एवं प्रवक्ता