२ जेष्ठ २०८१ बुधबार
image/svg+xml
राजनीति

आज राष्ट्रिय सभा सदस्य उम्मेदवारको नामावली प्रकाशन गरिँदै

निर्वाचन आयोगले आज राष्ट्रिय सभा सदस्यका निर्वाचनका लागि मनोनयन दर्ता गराएका उम्मेदवारको नामावली प्रकाशन गर्दैछ।

आयोगले हिजो ती उम्मेदवारविरुद्ध परेको उजुरीमा छानबिन गरेको थियो। राष्ट्रिय सभाको १९ सिटका लागि ५२ जनाले उम्मेदवारी दर्ता गराएका थिए। तीमध्ये सुदूरपश्चिम र कर्णालीका दुई उम्मेदवारका विरुद्ध उजुरी परेको थियो।

ती उजुरीविरुद्धको छानबिन आज दिउँसो सकिने भएपछि आयोगले आज नै नामावली प्रकाशन गर्ने कार्यसूची तय गरेको हो। पुस २७ गते नाम फिर्ता लिन चाहने उम्मेदवारहरूको आफ्नो नाम फिर्ता लिन सक्ने छन् भने २८ गते उम्मेदवारहरूलाई निर्वाचन चिन्ह प्रदान गर्ने कार्यक्रम छ।

राष्ट्रिय सभाको निर्वाचन माघ ११ गते बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म हुनेछ। त्यही दिन नै मतगणना गरिने आयोगले जनाएको छ।

प्रकाशित: २६ पुस २०८० ०२:०३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App