२० आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

कर्णालीमा गठबन्धनका उम्मेदवारको मनोनयन दर्ता

राष्ट्रियसभा निर्वाचनका लागि कर्णालीमा गठबन्धन दलले उम्मेदवारी दर्ता गराएको छ। तीन तलले संयुक्त र्याली गरेर निर्वाचन आयोगको प्रदेश कार्यालय पुगेर गठबन्धन दलका उम्मेदवारले उम्मेदवारी दर्ता गराएका हुन्।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार गठबन्धन दलकातर्फबाट अन्यमा नेपाली कांग्रेसका कृष्णबहादुर रोकायले उम्मेदवारी दिएका छन्। उनी कांग्रेसको प्रदेश महामन्त्री पनि हुन्।

उनको प्रस्तावकमा कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाही छन् भने समर्थकमा रूकुम पश्चिमको मुसिकोट गाउँपालिकाका अध्यक्ष महेन्द्र केसी छन्।

दलिततर्फ माओवादी केन्द्रबाट कालिकोटको नरहरिनाथ गाउँपालिकाका विष्णु विकको उम्मेदवारी परेको छ। उनको प्रस्तावकमा प्रदेश सांसद दुर्गबहादुर रावत र समर्थकमा मिलन रोक्का छन्।

यस्तै महिलातर्फ एकीकृत समाजवादीकी सावित्री मल्लको उम्मेदवारी परेको छ। मल्ल दैलेखको नारायण नगरपनलिकाकी पूर्व उपप्रमुख हुन्। उनको समर्थकमा भगवतीमाई गाउँपालिका दैलेखका अध्यक्ष गणेशबहादुर थापा र प्रस्तावकमा नौमुले गाउँपालिका दैलेखका उपाध्यक्ष गंगबहादुर शाही छन्।

प्रकाशित: २३ पुस २०८० ०९:१७ सोमबार

राष्ट्रियसभा निर्वाचन