राष्ट्रियसभा सदस्यका लागि लुम्बिनी प्रदेशमा नेकपा एमालेबाट तुलसा केसी र झेविन्द्रबहादुर घर्ती क्षेत्रीले उम्मेदवारी दर्ता गराएका छन्।
दाङकी तुलसा केसीले महिला सिटमा र पाल्पाका झपेन्द्रबहादुर घर्ती क्षेत्रीले अन्यबाट उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृत कुलप्रसाद पाण्डेले जानकारी दिए।
केसीको प्रस्तावकमा घोराही उपमहानगरपालिका प्रमुख नरुलाल चौधरी र समर्थकमा लुम्बिनी प्रदेश सभा सदस्य सीता शर्मा चौधरी रहेका छन्। यसैगरी घर्तीको प्रस्तावकमा लुम्बिनी प्रदेशसभा सदस्य गिरिधारीलाल न्यौपाने र समर्थकमा लुम्बिनी प्रदेशसभा सदस्य तुलसीप्रसाद चौधरी रहेका छन्।
लुम्बिनी प्रदेशमा राष्ट्रियसभा सदस्यका लागि दुई सिटमा निर्वाचन हुँदैछ। यो प्रदेशमा ८७ प्रदेश सभा सदस्य र स्थानीय तहका २ सय १८ प्रमुख र उपप्रमुखले मतदान गर्ने छन्। यो प्रदेशमा कुल मतभार ८ हजार ७ सय ५३ छ।
प्रकाशित: २३ पुस २०८० ०८:४२ सोमबार