काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रका नाममा सम्बोधन गरिरहेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारबाट देउवाले सम्बोधन गरिरहेका छन्।
विहीबार विहान ९ बजेदेखि बसेको मन्त्रिपरिषद्को अन्तिम बैठक पछि उनले राष्ट्रका नाममा सम्बोधन गरेका हुन्।
उनले सम्बोधनबीचमा प्रधानमन्त्रीबाट राजीनामा दिने तयारी गरेका छन्।
प्रकाशित: ३ फाल्गुन २०७४ ०५:२२ बिहीबार