१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

राष्ट्रियसभा निर्वाचन : प्रदेश १ मा १२ को मनोनयन दर्ता

विराटनगर – राष्ट्रियसभा निर्वाचनका लागि प्रदेश नम्बर १मा  १२ जनाले मनोनयनपत्र दर्ता गरेका छन्। क्षेत्रीय निर्वाचन कार्यालय विराटनगरका अनुसार मनोनयनदर्ताको अबधिमा  प्रदेश नम्बर १ का ८ सिटका लागि १२ जनाले मनोनयनपत्र दर्ता गरेका हुन्।

विहीबार प्रदेश १को निर्वाचन अधिकृतको कार्यालयमा अन्य समूहको ३ सीटका लागि चार जनाको उमेदवारी परेको छ। जसमा एमालेबाट तीन र का“ग्रेसबाट एक जना छन्। अन्यतर्फ एमालेबाट मोरङका खड्गबहादुर बस्नेत, संखुवासभाका पर्शुमेही गुुरुङ र झापाका अगम वान्तावा रहेका छन्। नेपाली का“ग्रेसबाट मोरङका रमेशजङग रायमाझीले उमेदवारी दर्ता गरेका छन्।

यस्तै तीन जनाको महिला आरक्षणमा कोटामा तीन जनाको मात्रै उमेदवारी परेको छ। महिलातर्फ एमाले, माओवादी केन्द्र र का“ग्रेसबाट एक÷एक जना उमेदवार रहेका छन्। जसमा एमालेबाट नैनकला ओझा, माओवादी केन्द्रबाट विना पोखरेल र नेपाली का“ग्रेसबाट सरिता प्रसाई रहेका छन्। तीन जनाको मात्रै उमेदवारी परेका कारण महिलातर्फ राष्ट्रियसभाका लागि सर्वसम्मत निर्वाचित हुुने देखिएको छ।

एक सीट रहेको अल्पसंख्यक वा अपाङ्गको कोटामा तीन जनाको उमेदवारी परेको छ। अल्पसंख्यक कोटामा  एमालेका अगमप्रसार वान्तवा, का“ग्रेसबाट महेश जाजु र राप्रपाबाट अनुपमादेवी साहको उमेदवारी परेको छ। अपाङ्गहरूले भने मोरङमा उमेदवारी दर्ता गरेका छैनन्।  एक सीट रहेको दलित कोटामा दुुई जनाले उमेदवारी दर्ता गरेका छन्। जसमा एमालेका  खेमराज नेपाली र का“ग्रेसका विनकुमार विश्वकर्मा रहेका छन्।

प्रकाशित: १० माघ २०७४ १६:१२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App