१२ मंसिर २०८१ बुधबार
image/svg+xml
राजनीति

नेपालमा लगानी बढाउने अष्ट्रेलियाको योजना

काठमाडौं – उपराष्ट्रपति नन्दबहादुर पुनसँग नेपालका लागि अष्ट्रेलियाका राजदूत पिटर बडले शिष्टाचार भेट गरेका छन्। शुक्रबार कान्तिपथस्थित बहादुरभवनमा राजदूत बडसँग भएको भेटमा उपराष्ट्रपति पुनले नेपालको बढ्दो व्यापार घाटा कम गर्न सहकार्यको क्षेत्रलाई फराकिलो बनाउनुपर्नेमा जोड दिए।

उनले अष्ट्रेलियाका राजदूतसँगको भेटमा अष्ट्रेलियासँग नेपालको साढे चार अर्ब व्यापार घाटा रहेको उल्लेख गर्दै नेपालको निर्यात वृद्धिका लागि अष्ट्रेलिया सरकारले सहयोग गर्नुपर्ने बताए। उपराष्ट्रपतिले ५७ वर्षपछि पहिले औपचारिक रुपमा स्थापित नेपाल र अष्ट्रेलियाको सम्बन्ध अहिले सांस्कृतिक, सामाजिक हुँदै जनस्तरसम्म प्रगाढ बनेको बताए।

उपराष्ट्रपतिसँगको भेटमा अष्ट्रेलियाका राजदूत पिटर बडले विश्वकै सुन्दर देश नेपालसँगको सम्बन्धलाई अष्ट्रेलियाले अझै बलियो बनाउन चाँहेको बताए। उनले नेपालमा लगानीका लागि अष्ट्रेलियाको निजी क्षेत्रलाई सरकारले प्रोत्साहित गरिरहेको बताए।

प्रकाशित: ५ माघ २०७४ १२:२७ शुक्रबार

नेपालमा लगानी बढाउने अष्ट्रेलियाको योजना