६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
राजनीति

दिपायल तनावग्रस्त, प्रहरीद्वारा चार राउण्ड अश्रुग्याँस प्रहार

डोटी – सरकारले बुधबार सात नम्बर प्रदेशकाे अस्थायी राजधानी धनगढी ताेकेपछि  अान्दाेलित  डाेटेली उग्र बन्दै गएपछि प्रहरीले चार राउण्ड अश्रुग्याँस प्रहार गरेकाे छ । 

बुधबार साँझदेखि आन्दोलनकारीहरुको भीड उग्र बन्दै गएको हाे । विहीबार दिउँसो भैरहेको प्रदर्शनले क्षेत्रीय प्रशासन कार्यालय दिपायल लगायतका क्षेत्रीय कार्यालयहरुमा ढुंगामुडा र तोडफोड गरेपछि आन्दोलनकारीहरुलाई तितरबितर पार्न ४ राउण्ड अश्रुग्याँस प्रहार गरिएकाे हाे।

हजाराैँकाे संख्यामा रहेकाआन्दोलनकारीहरुको भीडमा बढीजसो महिलाहरु छन्। अश्रुग्याँस प्रहारपछि केही समस्या सिर्जना भएपनि आन्दोलनकारीहरू अझै नाराबाजी गरेर अघि बढिरहेका छन्।

प्रकाशित: ४ माघ २०७४ ०८:५३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App