३१ वैशाख २०८१ सोमबार
image/svg+xml
राजनीति

सरकारले भारत र चीनसँग ठाडो शिर गरेर कुरा गर्न सक्दैन: ओली

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले छिमेकी मुलुक भारत र चीनसँग ठाडो शिर गरेर कुरा गर्नै नसक्ने बताएका छन्।

राष्ट्रिय हितको रक्षा, स्वाधीनता र स्वतन्त्रताको उपयोग गर्ने कुरामा सरकारले छिमेकी मुलुकहरुसँग कुरै गर्न नसक्ने अध्यक्ष ओलीको जिकिर थियो।

पार्टीको झुलाघाट–चिवाभञ्ज्याङ पदयात्राको क्रममा बुधबार रुकुमपूर्वमा आयोजित कार्यक्रममा बोल्दै उनले सरकारको अपराधकर्ममाथि अदालतले हस्तक्षेप गर्नुपर्ने अवस्था आएको दाबी समेत गरे।

अपराधीहरुलाई प्रोत्साहित गर्ने, समात्न नमान्ने, समातीहाल्यो भने पनि माफी दिने काम सरकारले गरिरहेको अध्यक्ष ओलीको भनाई थियो।

अध्यक्ष ओलीले मुलुकको अर्थतन्त्र अत्यन्तै अप्ठ्यारो, असहज र बिग्रेको अवस्थामा रहेको उल्लेख गर्दै त्यसमा सुधार गरेर लैजाने काम एमालेले मात्रै गर्नसक्ने उल्लेख गरे।

प्रकाशित: २० मंसिर २०८० ११:०६ बुधबार

केपी शर्मा ओली अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली