११ मंसिर २०८१ मंगलबार
image/svg+xml
राजनीति

दाहालले भने: हण्डर ठक्कर खाँए, मेरो रियल इमेज अहिले बनेको छ (भिडियो)

चितवन- वाम गठबन्धले चुनावमा अत्याधिक ठाउँमा जित हासिँल गरेसँगै एमाले र माओवादीबीच पार्टी एकता होला नहोला?  यी दुई पार्टीलाई अन्य कुनै पक्षले जुट्न नदिने पो हो कि? काँग्रेसले बाम गठबन्धन फुटाउने भयो रे जस्ता चर्चा दिन दिनै चल्छ। भरतपुरमा शुक्रबार बोल्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले भने ‘हामी कसैले पनि मिल्नेलाई फुटाउने कोशिस नगरौं,  मिल्ने जतिलाई मिल्नै दिउँ।’

मिल्नेहरु मिलेमा नै देशको भलो हुने दाहालले बताए। भरतपुर महानगरपालिकाको पहिलो नगरसभाको उद्घाटन गर्दै दाहालले भने ‘हामी राष्ट्रिय एकताको साथ राजनैतिक स्थायीत्व र सम्वृद्धिद्वारा नेपाललाई नयाँ युग तिर लान प्रतिवद्ध छौं। हामी सवै राजनीतिक शक्तिसँग सहकार्य गरेर अगाडी जान प्रतिवद्ध छौं। बाम गठबन्धन निषेधात्मक राजनीति तिर हैन एकताको राजनीति तिर लाग्छ।’

हिजो युद्धबाट आउँदा एकखालको इमेज बनेको, शान्ती सम्झौतापछि अर्कै इमेज बनेको र ६४ सालमा पहिलो पार्टी बनेपछि झनै फरक इमेज बनेको दाहालले बताए। उनले भने ‘सवभन्दा ठूलो पार्टी बनेपछि अल्लि अर्कै इमेज बन्यो। कता कता धर्ती छाड्या झै नै भयो। अब सवै हण्डर ठक्कर खाएपछि अब अहिले अल्लि अर्कै इमेज बनेको छ। जुन मेरो रियल इमेज हो।’

सानै देखि झगडा गर्नेहरुबीच मिलाउँदै हिँड्ने र मिलाउन सक्ने आफ्नो रियल इमेज भएको उनले बताए। त्यसैले अहिले आफु मिलाउने तर्फ नै लागेको र यसमा पनि सफल हुने उनको दावि थियो।

प्रकाशित: २१ पुस २०७४ १३:१८ शुक्रबार

दाहालले भने हण्डर ठक्कर खाँए मेरो रियल इमेज अहिले बनेको भिडियो