६ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

नयाँ भवनमा सरेपछि प्रधानमन्त्रीले भने: सरकारको काम र गुण पनि नयाँ ढंगबाट अघि बढ्छ

प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारको कामको प्रकृति र गुण नयाँ ढंगबाट अघि बढाउने प्रतिवद्धता व्यक्त गरेका छन्।

बुधवार सिंहदरबारमा पश्चिम तर्फको (रेट्रो फिटिंग भएको) भागमा बनाइएको कार्यालयमा सरेसँगै उहाँले रकारका कामकारबाही अब ढंगबाट अघि बढाउने बताएका हुन्। उनले प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय मात्रै नसारिएको बताउँदै कामको प्रकृति र गुणपनि अब नयाँ ढंगले जाने संकल्प पनि रहेको महशुस गरेको बताए।

पुरानो प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा गुम्म परेर बस्नुपरेको अनुभव सुनाउँदै उनले अब ताजा भइ काम गर्न पाएको महशुस गरेको बताए। नयाँ भवन शुभारम्भले नयाँ गति पक्रिने र एकता अझ बलियो बन्ने उनको भनाइ छ।

उनले भने, ‘हामी प्रधानमन्त्रीको कार्यालय सिंहदरबारकै पछिल्लो भागबाट अघिल्लो भागमा सरेका छौँ। यो ठाउँ मात्रै सारिएको होइन, कामको प्रकृति र गुणपनि अब नयाँ ढंगले जाने संकल्प पनि यसभित्र रहेको महशुस गरेको छु। १२० वर्ष पुरानो यो भवनलाई त्यसको मुल संरचना जस्ताको त्यस्तै राखेर अहिले भूकम्पबाट जुन क्षति भएको थियो, त्यसको पुनःनिर्माण भएको छ। मलाई कता कता अहिले भइरहेको ठाउँमा बस्दा गुम्म परेको, त्यति फ्रेस नहुने जस्तो लाग्थ्यो, यो ठाउँमा आउँदा अलिकति सबैतिर देखिने, निस्किएर हेर्न पाइने, स्पेस पनि ठूलो कारणले अलि बढी दिमाग फुर्छ भन्ने महशुस गरेको छु । नयाँ शुभारम्भले नयाँ गति पक्रिने र हाम्रो एकता अझ बलियो हुनेछ।’

प्रकाशित: ६ मंसिर २०८० ०८:२८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App