१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
राजनीति

एक सय घर बनाउन पौडेल नेतृत्व टोली जाजरकोटतर्फ

नेपाली काँग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेल नेतृत्वको टोली भूकम्पबाट प्रभावित जाजरकोटमा अस्थायी घर निर्माणका लागि काठमाडौँबाट हिँडेको छ।

जाजरकोट जिल्लाको नलगाङ नगरपालिकाको वडा नम्बर ३ र ४मा पौडेल नेतृत्वको टोलीले एक सय घर निर्माण गर्ने जनाएको छ।

काठमाडौँबाट सोमबार घर निर्माणका लागि ३० दक्ष जनशक्तीसहित ४० जना नेता तथा कार्यकर्तासहित पौडेल त्यसतर्फ लागेका छन्। जाजरकोटमा काँग्रेस नेता, कार्यकर्तासहित एक सय जनाको स्वयंसेवक घर निर्माणमा सहयोगी बन्ने पौडेलका स्वकियसचिव शुभाष घिमिरेले जानकारी दिए।

प्रकाशित: ४ मंसिर २०८० १०:३६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App