१४ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
राजनीति

कोसीको मन्त्रीपरिषद् विस्तार

कोसी प्रदेशको मन्त्रिपरिषद् बिस्तार गरिएको छ ।आज कोसी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले मन्त्रीपरिषद् बिस्तार गरेका हुन्। 

नयाँ मन्त्रीहरूमा माओवादी केन्द्रबाट गणेश उप्रेती (सुशील) र नेकपा (एकीकृत समाजवादी)बाट कमलप्रसाद जवेगुलाई मन्त्री नियुक्त गरिएको छ।नव नियुक्त मन्त्रीहरूले आजै   प्रदेश प्रमुख पर्शुराम खापुङ समक्ष  पद तथा गोपनीयताको शपथ लिएका छन्। गत असोज २७ गते मुख्यमन्त्री नियुक्त भएका कार्कीले मन्त्रिपरिषद्मा एमालेबाट रामबहादुर राना मगर र काँग्रेसका शम्शेर राईलाई यसअघि नै मन्त्री नियुक्त गरिसकेका छन् । चारै मन्त्रीहरूको कार्य विभाजन भने अझै भएको छैन। 

प्रकाशित: १७ कार्तिक २०८० १३:५१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App