१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

चुनाव पर्यवेक्षण गर्न थाई पूर्वउपप्रधानमन्त्री नेपालमा

काठमाडौं- २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन पर्यवेक्षण गर्न थाइल्यान्डका पूर्वउपप्रधानमन्त्री काठमाडौं आएका छन् । कार्टर सेन्टरको निर्वाचन पर्यवेक्षण मिसन प्रमुख भई उनी यहाँ आएका हुन् । कार्टर सेन्टरको पर्यवेक्षण टोलीमा अमेरिकाका पूर्वराजदूत पिटर बर्ले पनि छन् ।

‘यो चुनाव नेपालको लोकतान्त्रिक संक्रमणलाई सुदृढ गर्न महŒवपूर्ण छ,’ कार्टर सेन्टरले आइतबार जारी गरेको विज्ञप्तिमा बर्लेको भनाइ उद्वृत गर्दै लेखिएको छ, ‘निष्पक्ष पर्यवेक्षकका रुपमा हामीले यहाँ चुनावअघि, चुनावको दिन र चुनावपछि जे देख्छौं र चुनावका प्रक्रिया कति हदसम्म प्रजातान्त्रिक तथा अन्तर्राष्ट्रिय मापदण्डअनुसार छन् त्यसको प्रतिवेदन बनाउन आएका हौं ।’
कार्टर सेन्टरलाई निर्वाचन आयोगले चुनाव पर्यवेक्षण गर्न अनुमति दिएको हो ।  

सेन्टरबाट आएको टोलीले मंसिर १० गते सम्पन्न पहिलो चरणको निर्वाचनमा कार्टर सेन्टरले ८ जिल्लाका ७७ वटा मतदान केन्द्रमा पर्यवेक्षण गरेको थियो । अहिले  सेन्टरको पर्यवेक्षण टोलीमा ३५ देशका ६४ जना पर्यवेक्षक छन् । कार्टर सेन्टरले पहिलो र दोस्रो संविधानसभा निर्वाचनको पनि पर्यवेक्षण गरेको थियो ।

 

प्रकाशित: १८ मंसिर २०७४ ०२:५५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App