१८ असार २०८१ मंगलबार
image/svg+xml
राजनीति

प्रधानमन्त्री देउवाको मतदातालाई प्रश्न : दमन रोज्नेकी खुला शासन ?

दाङ- प्रधानमन्त्री शेरवहादुर देउवाले आसन्न निर्वाचन कम्युनिष्ट शासन रोज्ने या लोकतान्त्रीक शासन रोज्ने भन्ने निर्णायक प्रतिष्पर्धा भएको बताएका छन्। मंगलवार घोराहीमा आयोजित चुनावी आमसभामा बोल्दै प्रधानमन्त्री एवं कांग्रेस सभापति देउवाले दमन रोज्ने कि खुला शासन रोज्ने निर्णय गर्ने जिम्मा जनताको काँधमा रहेको बताए।

 ‘अहिलेको चुनाव दमन शासन की खुला शासन भन्ने प्रतिष्पर्धाको लडाई हो,’उनले भने ‘आमजनताहरुलाई मेरो आग्रह छ , लोकतान्त्रीक शासन व्यवस्थाका लागि कांग्रेसलाई विजयी बनाउनु अपरिहार्य छ।’ नेपाली कांग्रेसले जनतालाई मालिक बनाउने काम गर्दै आएको भन्दै उनले कम्युनिष्ट शासनले जनताको मालिक बन्ने अधिकार खोस्ने बताए।

 नेपालको संविधानलाई खत्तम पारेर कम्युनिष्टहरुले आफ्नो शासन लागु गर्न खोजेको उनको आरोप थियो। ‘त्यत्रो त्याग र बलिदानबाट बनेको संविधान कम्युनिष्टहरुले खत्तम पार्न खोज्दै छन्,’उनले भने ‘यो संविधान खत्तम पारेर कम्युनिष्ट शासन लाद्न खोजेका छन्, तपाई हामी बेलैमा सचेत हुनै पर्छ।’

पार्टी बरिष्ठ नेता राम चन्द्र पौडेलले कम्युनष्टिहरुले मुलुकमा ‘अनिष्ट’ नित्याउन खोजेको दाबी गरे । जनता र राष्ट्रमाथी खेलवाड गर्ने नियतका साथ कम्यनिष्टहरु एकथलोमा उभिएको दाबी गर्दै उनले यो कुप्रयासका बिरुद्ध आमजनता उभिनु जरुरी रहेको बताए । उनले बामगठवन्धनका दुई नेता पुष्पकमल दहाल र केपी ओलीलाई जनताहरुलेनै संसदीय पद्धतिमा ल्याउनु पर्ने भन्दै आगामी निर्वाचनमा कांग्रेसको पक्षमा जनमत सृजना गर्नुपर्ने बताए। ‘मुलुकमा कम्युनिष्ट शासन लागु गरेर अनिष्ट निमत्याउन खोजिँदै छ,’पौडेलले भने ‘यसको खिलापमा सबै जनता लाग्नु जरुरी छ।’

प्रकाशित: १२ मंसिर २०७४ १४:०७ मंगलबार

प्रधानमन्त्री देउवाको मतदातालाई प्रश्न दमन रोज्नेकी खुला शासन