![मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको वेबसाइट ह्याक](https://images.nagariknewscdn.com/thumbs/third-party/1720187898_1607997322_sudurpaschim prades-1200x560-600x400.jpg)
सोलुखुम्बुमा १२ बजेसम्म ३० प्रतिशत मतदान (फाेटाे फिचर)
![](https://images.nagariknewscdn.com/thumbs/archive/17-20/media/solu1 copy-1200x560-wm.jpg)
![](https://images.nagariknewscdn.com/thumbs/archive/17-20/news_images/5a1a640b95fdc-1200x560-wm.jpg)
सोलुखुम्बु – तिङलाबाहेक सोलुखुम्बुका अधिकांश क्षेत्रमा शान्तिपूर्ण रुपमा मतदान भईरहेको छ । ११८ मतदान स्थल र १२५ मतदान केन्द्र रहेको जिल्लामा तिङला क्षेत्रका ५ मतदान केन्द्रबाहेक सम्पूर्ण मतदान केन्द्रमा मतदान भईरहेको मुख्य निर्वाचन अधिकृत नारायण सुवेदीले जानकारी दिए । उनका अनुसार अहिलेसम्म ३० प्रतिशत मत खसिसकेको छ ।
त्यस्तै मतदानको समयमा कुनैपनि अप्रिय घटना नभएको जिल्ला प्रहरी प्रमुख तथा प्रहरी नायव उपरिक्षक रेशम पराजुलीले जानकारी गराएका छन् । स्थानीय तहको निर्वाचनमा समेत सहभागी नबनेको तिङलाका स्थानीय प्रदेश सभा र प्रतिनिधि सभा सदस्यको निर्वाचन पनि बहिस्कार गरेका छन् । दिउँसो १२ बजेसम्म एक मतपनि नखसेको सिंहकाली मावि मतदान केन्द्रका मतदान अधिकृत खेमराज भट्टराईले जानकारी दिए । अन्य स्थानमा मतदानका लागि मतदाताहरु आवतजावत बाक्लिदै गरेको अवस्थामा तिङलामा भने सुनसान देखिएको छ । २५७५ मतदाता रहेको तिङलामा ५ वटा मतदान केन्द्र स्थापना गरिएको छ । उनीहरुले प्रशासनिक सुगमताको माग पुरा नभएको भन्दै निर्वाचनमा भाग हुन असहमत जनाएका हुन् ।
जिल्लामा ६९ हजार ४११ मतदाता रहेका छन् । त्यसमध्ये ३४ हजार २७५ महिला र ३५ हजार १३६ पुरुष मतदाता रहेका छन् । जिल्लामा एकवटा महिला मैत्री मतदान केन्द्र निर्धारण गरिएको छ । सहायक प्रमुख जिल्ला अधिकारी सरस्वती अधिकारी खनाल मतदान अधिकृत रहेको जनजागृती माविको ‘क’ मतदान केन्द्र महिलामैत्री केन्द्रको रुपमा राखिएको छ । एक प्रतिनिधि सभा क्षेत्र रहेको सोलुखुम्बुमा ७ जना चुनाबी मैदान रहेका छन् । दुई प्रदेश क्षेत्र रहेको जिल्लाको ‘क’ क्षेत्रमा एक स्वतन्त्र सहित ६ जना प्रतिस्प्रर्धामा छन् भने प्रदेश सभा ‘ख’ मा ५ उम्मेद्धार चुनाबी मैदानमा छन् ।
![](https://images.nagariknewscdn.com/thumbs/archive/17-20/news_images/5a1a64148c4b7-1200x560-wm.jpg)