२६ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

निर्वाचन बिरोधी गतिविधिको आरोपमा शिक्षक पक्राउ

पर्वत- निर्वाचन विरोधी गतिविधिमा संलग्न भएको आरोपमा एक शिक्षकलाई प्रहरीले पक्राउ गरेको छ। जलजला गाउँपालिका वडा नम्बर ३ माझफाँटको समाज कल्याण प्राविका शिक्षक धनञ्जय मल्ललाई प्रहरीले पक्राउ गरेको हो । नेपाल कम्युनिष्ट पार्टी निकट अखिल नेपाल शिक्षक संगठनका जिल्ला सदस्य मल्ललाई प्रहरीले पक्राउ गरेको हो ।

निर्वाचन बिरोधी गतिविधिमा लागेको आशंकामा प्रहरीले पक्राउ गरी हिरासतमा राखेको छ । जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख दिलिप घिमिरेले अहिलेको चुनावबिरोधी गतिविधिमा लागेको नेत्रबिक्रम चन्द नेतृत्वको नेकपामा संलग्न रहेको र आगामी निर्वाचनमा त्यस्ता गतिविधि नहोस भनी पक्राउ गरिएको जानकारी दिए।

‘उहाँ नेकपामा संलग्न भएको र शंकास्पद गतिविधि देखिएकोले चुनावलाई दृष्टिगत गरी पक्राउ गरिएको हो’ घिमिरेले भने । पक्राउ परेका मल्लमाथि प्रहरीले सार्वजनिक अपराधको मुद्दा चलाएको छ। मल्ललाई पक्राउ गरिएकोमा नेपाल कम्युनिष्ट पार्टी निकट अखिल नेपाल शिक्षक संगठन पर्वतले बिरोध गरेको छ । कुनैपनि अवाञ्छित गतिविधिमा नहिंडेको शिक्षकलाई विद्यालयमा पढाइरहेको अवस्थामा पक्राउ गर्नुले आफ्नो ध्यानाकृष्ट भएको संगठनका अध्यक्ष भुमिराज शर्माले बताए।

‘संविधनमा उल्लेख गरिएका मौलिक अधिकारको ठाडो उल्लंघन गर्दै शिक्षण पेशामा रहेका शिक्षकलाई पक्राउ गरी हिरासतमा राख्नु गैरकानुनी हो’ शर्माले विज्ञप्ती जारी गर्दै भनेका छन्–‘बिनाकारण थुनामा राख्ने सरकारको यस प्रबृत्ति प्रति गम्भिर ध्यानाकर्षण भएको छ ।’ उनले पक्राउ परेका शिक्षकलाई तत्काल रिहा गर्न माग गरेका छन्।

प्रकाशित: ८ मंसिर २०७४ ०९:३९ शुक्रबार

निर्वाचन बिरोधी गतिविधिको आरोपमा शिक्षक पक्राउ