२ माघ २०८१ बुधबार
image/svg+xml
राजनीति

प्रदेश–६ : चार ‘एक्का’ का चुनौती

नेपालगन्ज- २०४८ यताका सबै निर्वाचनमा प्रतिनिधित्व गर्ने अवसर पाएका कांग्रेस नेता पूर्णबहादुर खड्का छैटौंपटक संसद् छिर्ने प्रयासमा छन् । उनको यो यात्रामा वाम गठबन्धनका तर्पmबाट एमाले जिल्ला अध्यक्ष ध्रुवकुमार शाही चुनौती बनेका छन् । संसदीय राजनीतिमा सम्भवतः ६ नम्बर प्रदेशकै परिपक्व यी नेताको प्रयास सफल होला त ? आगामी मंसिरमा हुने प्रतिनिधिसभा निर्वाचनमा सुर्खेत क्षेत्र नं. १ चासोको केन्द्र बनेको छ ।
    २०५१ यताका चारवटा निर्वाचन एमालेका यामलाल कँडेलसँग भिडेका कांग्रेस केन्द्रीय सदस्य हृदयराम थानीसँग यसपटक एमालेकै नवराज रावत मैदानमा उत्रिएका छन् । दुई÷दुईपटक नतिजा बाँडेपछि कँडेल प्रदेशसभामा ओर्लिएका छन् भने थानी ‘ह्याट्रिक’ को प्रयासमा छन् । साबिकको सुर्खेत–३ मा तीनपटक चुनावी अनुभव सँगालेका रावतसँग थानीले बाजी मार्लान् त ? सुर्खेत क्षेत्र नं.२ अर्को चासोको केन्द्र बनेको छ ।
कांग्रेस केन्द्रीय सदस्य जीवनबहादुर शाही प्रदेशसभातिर लागेपछि ६ नम्बर प्रदेशका दुई शीर्ष नेतासामु वाम गठबन्धन प्रमुख चुनौती हो । प्रतिनिधिसभाको ‘चुनावी कलबे्रक’ मा कांग्रेसका यी दुई ‘एक्का’ त्यही चुनौती चिर्ने रणनीतिमा छन् ।
गृह मन्त्रालयको बागडोर सम्हालेर ‘शक्ति’ आर्जन गरेका माओवादी केन्द्रका शक्तिबहादुर बस्नेत र ‘समाजसेवा’ लाई प्रमुख नारा बनाएर आक्रामक चुनावी दौडाहामा हिँडेका कांग्रेसका राजीवविक्रम शाह जाजरकोटमा पहिलोपटक आमनेसामने हुँदैछन् । २०७० को निर्वाचनमा बस्नेत साबिकको १ नम्बर र शाह २ नम्बर क्षेत्रबाट निर्वाचित भएका थिए । राष्ट्रिय राजनीतिमा उचाइ बनाएका शक्तिले समाजसेवामार्पmत जाजरकोटका गाउँगाउँमा आफ्नो सामथ्र्य विस्तार गरेका शाहलाई रोक्न सक्लान् त ? जाजरकोट चुनावी चासो बनेको छ ।
वाम गठबन्धनका एक सूत्राधार जनार्दन शर्मा पश्चिम रुकुममा २६ वर्षअघि आपूmलाई पराजित गर्ने उनै अनुहारसँग तेस्रोपटक भिड्दैछन् । चुनावी रणनीतिमा माहिर मानिने कांगे्रसका गोपालजीजंग शाह र शर्मा यसअघि दुईपटक (२०४८ र २०७०मा) आमनेसामने भए । र, दुइटैले नतिजा बाँडे । यसपटक भने शाह शर्मालाई सहजै संघीय संसद्मा छिर्ने यात्रामा तगारो बनेका छन् ।
वाम गठबन्धनका नेताहरू यामलाल कँडेल, प्रकाश ज्वाला र महेन्द्रबहादुर शाही प्रदेशसभातिर लागेपछि गठबन्धनका यी दुई ‘एक्का’ चुनौती कसरी पन्छाउने भन्ने ध्याउन्नमा छन् ।

विकासप्रेमी खड्कासामु वाम गठबन्धनका शाही
    विकासप्रेमी छविकै कारण हालसम्म अपराजित यात्रा तय गरेका कांग्रेस नेता खड्कासँग एमालेका शाही पहिलोपटक चुनाव लड्दैछन् । शाहीको सबैभन्दा ठूलो सामथ्र्य भनेकै वाम गठबन्धन हो । यो निर्वाचन क्षेत्रअन्तर्गत पर्ने पाँचमध्ये तीन स्थानीय तहमा कांग्रेसले जितेको छ भने दुइटामा एमाले विजयी भएको छ । मतदाताका हिसाबले ६ नम्बर प्रदेशकै दोस्रो र तेस्रो ठूलो नगरपालिकामा पर्ने गुर्भाकोट र भेरीगंगा तथा चिंगाड गाउँपालिका कांग्रेसले जितेको छ । एमालेले लेकबेसी नगरपालिका र सिम्ता गाउँपालिका जितेको छ । यद्यपि, गठबन्धन बनेपछि माओवादी केन्द्रको भोट आउने विश्वासले शाही उत्साही छन् । २० वर्षअघि साबिकको मालारानी गाविस अध्यक्ष भए पनि संसदीय राजनीतिमा उनी ‘नन–टेस्टेड’ उम्मेदवार हुन् । खड्काको विकासवादी छविमाथि शाहीले यही अस्त्र प्रयोग गरेर मतदाताको मन जित्ने प्रयास गरिरहेका छन् ।
यद्यपि यसपटक खड्काका लागि कांग्रेसको आन्तरिक राजनीति सहज बनेको छ । संसदीय समिति सदस्यको हैसियतमा रहँदा उनले जिल्ला र क्षेत्रमा आफ्नै ‘आलोचक’ लाई टिकट दिलाएर ‘खुसी’ बनाए । पार्टीमा एकताको सन्देश दिन सफल भए । प्रतिनिधिसभा र प्रदेशसभामा सुर्खेतका ६ जना समानुपातिक सूचीमा परे । बरु उनका प्रतिस्पर्धी शाहीमाथि सिफारिसको क्रममै क्षेत्रीय समितिमा चुनाव गराएर पार्टीमा फाटो ल्याएको आरोप लाग्यो ।

तेस्रोपटक सांसद बन्ने दाउमा थानी
दुईपटक सांसद भएर मन्त्रीसमेत भइसकेका थानीका लागि वीरेन्द्रनगर नगरपालिका (उपत्यका) प्रमुख चुनौती हो । स्थानीय तह निर्वाचनमा मेयरमा कांग्रेसका देवकुमार सुवेदीले जिते पनि बहुमत वडामा एमालेले जितेको छ । क्षेत्र नं. २ अन्तर्गत पर्ने वीरेन्द्रनगर एमालेको प्रभाव क्षेत्र हो भने पश्चिम सुर्खेत कांग्रेसको । पश्चिमका तीन स्थानीय तहमध्ये पञ्चपुरी नगरपालिका र बराह गाउँपालिकामा कांग्रेसले तथा चौकुने गाउँपालिकामा एमालेले जितेको छ । यद्यपि, वीरेन्द्रनगरमा समेत नतृत्व (मेयर) जितेकाले आफ्नो अवस्था कमजोर नरहेको कांग्रेस दाबी छ ।
थानीका प्रतिस्पर्धी एमालेका रावत पूर्वजिविस उपसभापति र पार्टीका पूर्वजिल्ला अध्यक्ष हुन् । उनी यसअघि तीनपटक प्रतिनिधिसभा÷संविधानसभा निर्वाचन लडे पनि सफल हुन सकेनन् । यद्यपि, अहिले उनीसँग वाम गठबन्धनको सामथ्र्य छ । संगठन निर्माणमा माहिर मानिने थानीका लागि गठबन्धनको त्यही सामथ्र्यमाथि धावा बोल्नु प्रमुख चुनौती बनेको छ ।

बस्नेतलाई राजनीतिक कद जोगाउने चिन्ता
स्थानीय तह निर्वाचनको परिणाम, उँचो राजनीतिक कद र वाम गठबन्धन बस्नेतका सहज पक्ष हुन् । तर, समाजसेवामार्पmत जनताको मन जित्न सफल राजीव उनीसामु ठूलै चुनौती बनेका छन् । गत निर्वाचनमा जिल्लाका पाँच तहमध्ये कांग्रेसले एक, एमालेले तीन र दुई माओवादी केन्द्रले जितेका छन् । यस्तो अवस्थामा केन्द्रीय नेताको छवि बनाएका बस्नेतका लागि गठबन्धनको साझा उम्मेदवार बन्नुले चुनावी सुविधा दिलाएको छ । कांग्रेस समर्थक भने राजीवलाई जाजरकोटी मतदाताको भावनात्मक भोट आउने दाबी गर्छन् । जाजरकोटमा फैलिएको महामारी नियन्त्रणमा होस् वा ठूला दुर्घटनामा घाइतेको उद्धार गर्न होस्, उनले व्यक्तिगत खर्चमा गरेको  पहललाई जनताले सधैं तारिफ गर्छन् । यसका साथै उनले अहिले आफ्नै पाँच करोड लगानीमा थलहमा अस्पताल निर्माण गरिरहेका छन् । बस्नेतका लागि आपूmसँग रहेको पर्याप्त ‘राजनीतिक भोट’ जोगाउनु प्रमुख चुनौती हो ।

शर्माविरुद्ध सदाबहार नेता मैदानमा
स्थानीय तह निर्वाचनको परिणामलाई आधार मान्ने हो भने जनार्दनका लागि पश्चिम रुकुमबाट प्रतिनिधिसभाको यात्रा निकै सहज देखिन्छ । तर, पञ्चायतकालदेखि गणतन्त्रसम्म रुकुमको राजनीतिमा सदाबहारा नेताको छवि बनाएका गोपालजीजंग चुनौती बनेका छन् । विशेषगरी पछिल्लो समय रुकुम जिल्ला टुक्रिँदा पश्चिम रुकुमका जनता जनार्दनप्रति आक्रोशित छन् । बरु गोपालजीजंगको अगुवाइमा पञ्चायतकालमा रुकुमकोट (पूर्वी रुकुम) मा रहेको जिल्ला सदरमुकाम मुसीकोट (पश्चिम रुकुम) सरेको स्थानीय स्तरमा अहिले पनि चर्चा गरिन्छ । अर्कोतिर, वाम गठबन्धन बन्दासमेत एमालेपंक्ति खुलेर खुसी भएको देखिँदैन । गोपालजीजंगले यही मुद्दा र गठबन्धनभित्रको असन्तुष्टिलाई आफ्नो पक्षमा सदुपयोग गर्ने हुन् कि भन्ने भय जनार्दनमा देखिन्छ ।

प्रकाशित: २१ कार्तिक २०७४ ०३:४२ मंगलबार

प्रदेश–६ एक्का का चुनौती