फोरम – राजपा सिट बाँडफाँड टुंगो लाग्यो, विमलेन्द्र निधिसँग राजपाका उम्मेदवार लड्ने (सूचिसहित)
काठमाडौं— उपेन्द्र यादब नेतृत्वको संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी (राजपा) बीच आगामी निर्वाचनका लागि सिट बाँडफाँडको सहमति भएको छ। प्रदेश २ का लागि यो सहमति भएको हो।
सिट बाँडफाँडअनुसार धनुषा ३ मा राजपाको भागमा परेको छ। काँग्रेसका प्रभावशाली नेता विमलेन्द्र निधि उम्मेदवार रहेको सो क्षेत्रमा राजपा अध्यक्षमण्डलका नेता राजेन्द्र महतो उम्मेदवार हुने चर्चा छ। महतोले उम्मेदवारी दिए सो क्षेत्रमा रोचक प्रतिस्पर्धा हुनेछ।
फोरम नेपाल र राजपाका शीर्षा नेता सहभागी बैठकले मंगलबार तालमेलमा जान सिट बाँडफाँड गरेको हो। सिट बाँडफाँडअनुसार धनुषा ३ मा राजपाको भागमा परेको छ। काँग्रेसका प्रभावशाली नेता विमलेन्द्र निधि उम्मेदवार रहेको सो क्षेत्रमा राजपा अध्यक्षमण्डलका नेता राजेन्द्र महतो उम्मेदवार हुने चर्चा छ। महतोले उम्मेदवारी दिए सो क्षेत्रमा रोचक प्रतिस्पर्धा हुनेछ।
प्रदेश २ मा दोस्रो चरण अन्तर्गत मंसिर २१ गते निर्वाचन हुँदैछ। सो निर्वाचनमा तालमेल गर्ने दुई पार्टीको निर्णयअनुसार सप्तरीदेखि पर्सासम्म तराईका ८ जिल्लामा दुई पार्टीले संयुक्त उम्मेदवार मैदानमा उतार्ने तयारी गरेका हुन्।
दोस्रो चरणका लागि कार्तिक १६ गते उम्मेदवारी दर्ता मिति तोकिएको छ।
कहाँ कुन पार्टीको उम्मेदवार सूची हेर्नुहोस्