१९ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

दलहरुमाथि उठेका प्रश्नको सकारात्मक उत्तर दिन आवश्यकः वर्षमान पुन

फाइल तस्बिर

नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले पीडामा रहेका नेपाली नागरिकलाई न्याय दिनुपर्ने चुनौति रहेको बताएका छन्।

सोमवार काठमाडौंमा आयोजित अन्तर्राष्ट्रिय अहिंसा दिवस र गान्धी जयन्ती कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले आज पनि शान्ति प्रक्रियाका केही काम बाँकी रहेको उल्लेख गर्दै त्यसलाई सबै राजनीतिक पार्टीहरु मिलेर टुंग्याउनुपर्ने बताए। उनले विगतका राजनीतिक संघर्षका क्रममा पीडामा परेका जनतालाई न्याय दिनुपर्ने आवश्यकता रहेको बताए। उनले राजनीतिक दलहरुमाथि उठेका प्रश्नको सकारात्मक उत्तर दिन आवश्यक रहेको बताए।

उनले भने, ‘आज पनि शान्ति प्रक्रियाका केही काम बाँकी छ। संक्रमणकालीन न्यायसम्बन्धी कामहरु रहेका छन्। विगतमा हामी मुख्य पार्टी कोही सत्ता पक्षमा र कोही प्रतिपक्षमा हुन्थ्यौँ, आज पनि हामी त्यही रुपमा छाँै। किनभने दलीय व्यवस्थामा यो स्वभाविक हो । आज हाम्रो जिम्मेवारी मुख्य राजनीतिक दलको जिम्मेवारी हामी आफू मिल्यौँ, राजनीतिक दलहरु चुनावमा मिल्यौँ, सरकार र संसदमा मिल्यौँ, संविधान निर्माण ग¥यौँ, हामी समाजमा पनि मिलेका छौँ। तर विगतका राजनीतिक संघर्षका क्रममा पीडामा परेका जनताको विभिन्न तह छ, जसलाई हामी सबै मिलेर न्याय दिनुपर्छ। स्थायी शान्ति र दीर्घकालीन वातावरणमा जाने अवस्था बनाउनु छ। हामी मुल राजनीतिक पार्टीहरुलाई सरकारमा रहेका, प्रमुख प्रतिपक्षलाई पनि प्रश्न छ, हामीमाथिको प्रश्न राजनीतिक दल र नेताहरुले प्रश्नलाई सकारात्मक जवाफ दिनुपर्छ।’

प्रकाशित: १५ आश्विन २०८० १२:३९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App