१९ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

काँग्रेस सभापति देउवाले गरे ८ जनालाई केन्द्रीय सदस्यमा मनोनित

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले ८ जनालाई केन्द्रीय सदस्यमा मनोनित गरेका छन्।

सभापति देउवाले काँग्रेस विधानको धारा २१ को उपधारा १० बमोजिम बिहीवार ८ जनालाई केन्द्रीय समितिमा मनोनित गरेका हुन्।

मनोनित हुनेमा गुल्मीका डा. चन्द्रप्रकाश भण्डारी, अर्घाखाँचीका मानबहादुर विश्वकर्मा, पर्वतका अर्जुनप्रसाद जोशी, काभ्रेका शिवप्रसाद हुमागाई, बागलुङका किरणराज शर्मा पौडेल, रुपन्देहीका भरतकुमार शाह, कास्कीका शारदा पौडेल र पर्साका अनिलकुमार रुंगटा रहेका छन्।

देउवाले मनोनित गरेका केन्द्रीय सदस्यमा चन्द्र भण्डारी, हुमागाई र शारदा पौडेल बाहेक अन्य संस्थापन पक्षका हुन्।  

प्रकाशित: ४ आश्विन २०८० ०९:१८ बिहीबार

नेपाली काँग्रेस शेरबहादुर देउवा केन्द्रीय सदस्य