७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
राजनीति

बागमती प्रदेश सभा बैठकमा पूर्वसांसद डा. कार्कीको शोक प्रस्ताव पारित

बागमती प्रदेश सभाको बैठकले पूर्व सांसद डा. राजाराम कार्कीको शोक प्रस्ताव पारित गरेको छ।

आइतबार अपराह्नमा बसेको दोस्रो बैठकमा सभामुख भुवनकुमार पाठकले २०७४ सालको प्रदेशसभा सदस्य निर्वाचनमा नेपाली काँग्रेसको तर्फबाट निर्वाचित प्रदेश सभाका पूर्व सदस्य डा. कार्कीको केही दिनअघि क्यान्सर रोगका कारण उपचारका क्रममा निधन भएकामा श्रद्धाञ्जली अर्पण गर्दै शोक प्रस्ताव प्रस्तुत गरेका थिए।

उक्त बैठकले सो शोक प्रस्तावलाई सर्वसम्मतिबाट पारित गरेको थियो। सोही अवसरमा उनीप्रति प्रदेश सभाका सदस्यहरूले एक मिनेट मौन धारण व्यक्त गरी श्रद्धा अर्पण गरेका थिए।  

प्रकाशित: २४ भाद्र २०८० १२:२१ आइतबार

बागमती प्रदेश सभा डा. राजाराम कार्की शोक प्रस्ताव पारित