काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष निर्वाचन क्षेत्र निर्धारण आयोगले बुधबार आफ्नो प्रतिवेदन बुझाएको छ।
नेपालको संविधानबमोजिम संघीय संसद्का लागि १६५ र प्रदेश सभाका लागि २३० गरी प्रत्यक्षतर्फ कूल ३९५ क्षेत्रसहितको प्रतिवेदन बुधबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा आयोगका अध्यक्ष कमलनारायण दासले बुझाएका हुन्।
सो आयोग गत साउन ५ गते गठन भएको थियो । रासस
प्रकाशित: १४ भाद्र २०७४ १३:२५ बुधबार