८ मंसिर २०८१ शनिबार
image/svg+xml
राजनीति

ललिता निवास प्रकरणमा माधव नेपाल निर्दोष सावित भइसक्नुभयो : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले ललिता निवास प्रकरणमा माधवकुमार नेपाल निर्दोष सावित भएको बताएका छन्।

समाजवादी मोर्चाको पोखरामा शुक्रवार आयोजित गण्डकी प्रदेश सन्देश सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले ललिता निवास प्रकरणमा अब फेरि प्रश्न उठाउने ठाउँ नरहनेगरी निर्दोष सावित भएको बताएका हुन्।  

सिआईबीले अनुसन्धान नगरेसम्म र वयान नलिएसम्म माधव नेपालका बारेमापनि बारम्बार प्रश्न उठिरहँदा आफूलाईपनि टेन्सन भएको बताउँदै उनले भने, ‘पहिलोपटक अहिले उहाँ निर्दोष हो भन्ने सावित भएको छ। अब फेरि प्रश्न उठाउने ठाउँ रहेन । किनभने अन्ततः सिआईबीले उहाँको के हो कुरा ? भनेर बयान त लियो। तर, निर्दोष सावित गरेर, मुद्दा चलाउन नपर्ने भनेर लिखित रुपमा दिएपछि सँधैको टेन्सन् सकियो।’

प्रधानमन्त्री दाहालले ललिता निवास प्रकरणमा माधव नेपाललाई षडयन्त्र गरेर फसाउने हो कि भन्ने आशङ्का विगतदेखि नै आफूहरुमा रहेको बताए। ललिता निवास प्रकरणमा माधवजीलाई मात्रै टेन्सन भए त हुन्थ्यो, त्यो टेन्सन मलाईपनि थियो,’ उनले भने, ‘त्यो टेन्सन मलाई केपी ओली प्रधानमन्त्री हुँदापनि थियो। किनकी हामी त एउटै पार्टी र मोर्चामा थियौं। कहि न कहि उहाँमाथि षडयन्त्र हुने हो कि भन्ने आशङ्का थियो। तर, अब त्यो स्थिति रहेन।’  

प्रधानमन्त्री दाहालले सरकार अहिले दबाबमा रहेको भन्दै सुशासन, समृद्धि र सामाजिक न्यायको पक्षमा सरकारले राम्रा काम गरिरहेपनि यसविरुद्ध भएको षडयन्त्रका कारण सरकार दबाबमा रहेको स्पष्ट पारे।  

उनले भने, ‘सरकार दबाबमा छ। सुरुमा प्रधानमन्त्री हुँदा १५ दिने हो कि एक महिने हो ? भन्ने लागेको थियो। गर्दै जाँदा ८ महिना हुन लाग्यो। यसैगरी वर्ष बित्छ जस्तो पनि देख्छु मैले।’ उनले प्रधानमन्त्री फेरिएपनि गठबन्धन भने पाँचै वर्ष जाने दाबी गरे।

प्रधानमन्त्री प्रचण्डले भ्रष्टाचारविरुद्ध र सुशासनको पक्षमा महाअभियान चलिरहेको बताए। तर, यसलाई तुहाउन देशी विदेशी शक्तिहरूले विभिन्न भ्रमहरू सिर्जना गर्नेगरेको उनले उल्लेख गरे ।  

प्रकाशित: १५ भाद्र २०८० ११:४६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App