१९ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

लोकतन्त्रमा सबै धर्म र संस्कृतिले समान अवसर पाउँछन्: सभापति देउवा

फाइल तस्बिर।

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले लोकतन्त्रमा मात्र सबै जातजाति, भाषाभाषी तथा धर्म र संस्कृतिले समान अवसर पाउने बताएका छन्।

जनैपूर्णिमा र गाईजात्रा पर्वका अवसरमा शुभकामना व्यक्त गर्दै उनले सम्पूर्ण सांस्कृतिक धरोहरको रक्षा गरी भावी पुस्ताका लागि पनि यस्ता पर्वलाई जीवन्त राख्नु हामी सबैको दायित्व र जिम्मेवारी रहेको बताएका हुन्।

नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक, बहुधार्मिक विशेषताले भरिपूर्ण एक सुन्दर देश हो। यहाँ विभिन्न जातजातिका आआफ्नै विशिष्ट परम्परा, रहनसहन, रीतिरिवाज र चाडपर्व छन्। यी प्रत्येक पर्वलाई सबैले आदर र सम्मान गर्ने हाम्रो आफ्नै सद्भावयुक्त परम्परा रहेको उल्लेख गर्दै सभापति देउवाले नेपालीको मौलिक सांस्कृतिक पर्व जनैपूर्णिमा र गाईजात्रा पर्व पनि महत्वपूर्ण पर्व भएको बताए।

उनले जनैपूर्णिमा र गाईजात्राका अवसरमा सम्पूर्णमा कांग्रेस र आफ्नो तर्फबाट सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरेका छन्।

प्रकाशित: १४ भाद्र २०८० ०८:३६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App