७ आश्विन २०८१ सोमबार
image/svg+xml
राजनीति

बाढीपीडित क्षेत्रमा प्रधानमन्त्री

विराटनगर- भारी वर्षाले डुवानमा परेको पूर्व क्षेत्रको निरीक्षणमा प्रधानमन्त्री शेरवहादुर देउवासहित उनको मन्त्रीपरिषद्का आधादर्जन मन्त्री सोमवार आएका छन्। विशेष हेलिकोप्टरले अकाशबाटै उनीहरुले पूर्व क्षेत्रको सप्तरी, सुनसरी, मोरङ र झापाको बाढी प्रभावित क्षेत्रको निरीक्षण गरिरहेका छन्।

पूर्व क्षेत्र प्रहरी कार्यालय, विराटनगरका प्रमुख डिआइजी रमेशकुमार भट्टराईले प्रधानमन्त्री देउवा, रक्षामन्त्री भिमसेन दास प्रधान, गृहमन्त्री जर्नाधन शर्मा र सुरक्षानिकायका प्रमुखहरु चढेको हेलिकोप्टरले पूर्व बाढीप्रभावित क्षेत्रको एक फन्को घुमेर इटहरीस्थित नेपाली सेनाको पृतना कार्यालयमा बस्तुस्थितीबारे जानकारी लिएको बताए। ‘बाढी प्रभावित क्षेत्रको अवस्था, उद्दार र राहतमा भइरहेको प्रगति बारे बिफ्रिङ गरेका छौं,’ डिआइजी भट्टराईले भने, ‘उद्दार र राहतमा कुनै कसर बाँकी नराख्न निर्देशन आएको छ।’

नेपाली सेनाको पूर्वी पृतनामा बाढी प्रभावित क्षेत्रको बस्तुस्थिती बुझेपछि प्रधानमन्त्रीसहितको सो उच्चस्तरीय हवाई टोली मोरङ र झापाको बाढी प्रभावित क्षेत्रको अकासे निरीक्षण गरेर काठमाडौं फर्किनेछ।

यस्तै, उपप्रधानमन्त्री विजयकुमार गच्छदारको नेतृत्वमा अर्थमन्त्री ज्ञानेन्द्र कार्की, बाणिज्य मन्त्री मिनकुमार विश्वकर्मा सहितको सरकारी टोली अर्को हेलिकोप्टरबाट पूर्व क्षेत्रको बाढी प्रभावित इलाकाको हवाई भ्रमण गर्न आजै आउन लागको हो।

 

 

प्रकाशित: ३० श्रावण २०७४ ०९:०१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App