१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

बाढी-पहिरो पीडितको उद्धारमा खट्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौ- प्रधानमन्त्री शेरबहादुर देउवाले देशका विभिन्न भागमा बाढी र पहिरोको चपेटामा परेका नागरिकलाई तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गर्न र राहत उपलब्ध गराउन सम्बन्धित जिल्लाका स्थानीय प्रशासनहरूलाई निर्देशन दिएका छन्। 

प्रधानमन्त्री देउवाले शुक्रबार बिहानै बाढी-पहिरो प्रभावित जिल्लाका प्रशासन प्रमुखहरूलाई सम्पर्क गरी विपत्को चपेटामा परेका नागरिकलाई उद्धार, राहत र सुरक्षित स्थानमा स्थानान्तरणलगायत हरतरहको सहयोग प्रदान गर्न निर्देशन दिए। 

शुक्रबार रातिदेखि अविरल वर्षसँगै आएको बाढीले तराईका विभिन्न जिल्लामा दुई दर्जनभन्दा बढीले ज्यान गुमाएका छन्। सिन्धुलीमा पहिरोमा परी एकै परिवारका चारको मृत्यु भएको छ। 

बाढी र पहिरोमा परी ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली र तिनका परिवारप्रति हार्दिक समवेदना प्रकट गर्दै प्रधानमन्त्री देउवाले यो विपत्को घडीमा एक ढिक्का हुन सम्पूर्ण देशवासीलाई आग्रह गरेका छन्। 
 

प्रकाशित: २८ श्रावण २०७४ ०८:४५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App