१५ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
राजनीति

प्रधानन्यायाधीश सिफारिस गर्न आज संवैधानिक परिषद्को बैठक बस्दै

संवैधानिक परिषद्को बैठक। फाइल तस्बीर

संवैधानिक परिषद्को बैठक आज बस्दै छ। बैठक साँझ ५ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ। प्रधानन्यायाशीध सिफारिसलगायत विषयमा छलफल गर्न संवैधानिक परिषद्को बैठक बस्न लागेको हो।

प्रधानन्यायाधिश हरिकृष्ण कार्कीको पनि साउन २० गतेदेखि पदावधि सकिँदै छ। प्रधानन्यायाधीशको पदावधी सकिनु एक महिना अघि नै नयाँ प्रधानन्यायधीश सिफारिस गर्नुपर्ने संबैधानिक प्रावधान छ। संबिधानविपतरित संवैधानिक परिषद्ले नयाँ प्रधानन्यायाधीश सिफारिस गरेको छैन।  

आज बस्ने बैठकले विश्वम्भरप्रसाद श्रेष्ठलाई प्रधानन्यायाधीश सिफारिस गर्ने सम्भावना छ। उनी वरिष्ठतम् न्यायाधीशको रोलक्रममा अगाडि छन्।

प्रकाशित: १८ श्रावण २०८० ०२:२१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App