१६ असार २०८१ आइतबार
image/svg+xml
राजनीति

कोशीका मुख्यमन्त्री थापाले लिए शपथ, ४ सदस्यीय मन्त्रीमण्डल गठन

कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले पद तथा गोपनीयताको शपथ लिएका छन्। 

उनलाई प्रदेश प्रमुख पर्शुराम खापुङले मुख्यमन्त्रीको पद तथा गोपनीयताको शपथ गराएका हुन्।

त्यसलगतै मुख्यमन्त्री थापाले अर्थिक मामिला तथा योजना मन्त्रीमा बाबुराम गौतम, भौतीक पूर्वाधार तथा यातायात मन्त्रीमा कमल प्रसाद जबेगु र खानेपानी सिंचाइ तथा उर्जा मन्त्रीमा प्रदिप कुमार सुनुवारलाई मन्त्रीको पद तथा गोपनीयताको शपथ गराएका छन्। 

प्रकाशित: १७ श्रावण २०८० १२:०३ बुधबार

कोशी प्रदेश मुख्यमन्त्री उद्धव थापा